डीपिएल क्रीकेट : छक्का क्याच गर्ने दर्शकलाई दशहजार पुरस्कार  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डीपिएल क्रीकेट : छक्का क्याच गर्ने दर्शकलाई दशहजार पुरस्कार 



धनगढी ,कैैैलाली। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त गरेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा छक्का क्याच गर्ने दर्शकलाई दशहजार प्रदान गरिने भएको छ ।

यहि माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा सुरु हुने तेस्रो संस्करणको डीपिएल क्रिकेट प्रतियोगितामा छक्का क्याच गर्ने दर्शकलाई अजोड इन्सुरेन्स लिमिटेडले दशहजार रकम प्रदान गर्ने भएको हो ।

बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोड इन्स्योरेन्सका बीच भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनर समेत बनेको छ ।