डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम



काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

गत भदौ २३ गते डोटी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट पनि परकम्प आएको थियो।

भूकम्पले डोटी र अछामका तीन स्थानीय तहमा जनधनको क्षति भएको थियो। डोटीमा मात्रै तीन हजार आठ सय घरमा क्षति पुगेको थियो। डोटीका स्थानीय तहले देशभरका स्थानीय तहसँग सहयोगको अपील गरेका थिए।

त्यसैक्रममा काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई १० लाख सहयोग गरेको मेयर बालेन्द्र साह (बालेन) जनाएका छन्। महानगरका विपद व्यवस्थापन कार्यक्रमबाट सहयोग गरिएको उनले जानकारी दिएका छन्।

डोटी र अछामका भूकम्पपीडितका विषयमा राज्य संयन्त्रको ध्यान नगएको चिन्ता पनि जनाएका छन्। “नेपालका दूरदराजमा नागरिकले दुःख पाइरहँदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ,” मेयर साहले भनेका छन्, “काठमाडौंमा अनाधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ, तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्किँदा समाचार बन्ने विषयसम्म मानिँदैन।”

उनले भूकम्पपीडितलाई सहयोग गर्न आग्रह पनि गरेका छन्।