दोलखामा सिवाकोटी र कार्कीको रोचक भिडन्त- १६३ मतको फरक - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दोलखामा सिवाकोटी र कार्कीको रोचक भिडन्त- १६३ मतको फरक



दोलखा : दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ।

हालसम्मको मतगणनामा कार्कीले ३३ हजार तीन सय २६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म ३३ हजार एक सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो। प्रदेशसभा २ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्लेले जानकारी दिए।