डाक्टरको घरमा नर्स मृत फेला - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

डाक्टरको घरमा नर्स मृत फेला



काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।

वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

उनीहरु एक अर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको प्रहरीको आशंका छ।

काठमाडौं बोहराटारस्थित घटनास्थलमा सुसाइड नोट फेला परेको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।