दिल्ली नियोगको विवाद उत्कर्षमा ,ढकाल काठमाडौं तानिए
हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ २१
भारत स्तिथ नेपाली दुतावासका उप नियोग प्रमुख कृष्ण प्रसाद ढकाललाई काठमाडौं फिर्ता बोलाईएको छ ।उपनियोग प्रमुखको विवाद उत्कर्षमा पुगेपछि परराष्ट्र मन्त्रि प्रकाश शरण महतद्वारा जादाँजादै ढकाललाई काठमाडौं बोलाईएको हो ।
श्रोतले बताए अनुसार नियोग प्रमुख दिप कुमार उपाध्याय र ढकाल बीच विभिन्न समयमा मनमुटाव रहेको थियो । कांग्रेस कोटाबाट उपाध्याय छन् भने ढाकाललाई परराष्ट्रमा माओबादी केन्द्र(प्रचण्ड) निकट मानिन्छ ।