दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित:ओली - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित:ओली



दमक, माघ २१ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उनले जेठ १५ भित्र चुनाव हुनै नसक्ने गरि सरकारले निर्वाचनको मिति घोषणाको तमासा गरिरहेको बताए ।

ओलीले भने- ‘संविधान अनुसार जेठ १५ मा बजेट पारित गर्नुपर्छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्छ अनि कसरी हुन्छ चुनाव ?’ उनले सरकारले संविधान संशोधनको बहानामा मुलुकलाई गम्भीर संकटतर्फ अघि बढाउदै लगेको आरोप लगाए ।
‘०७४ माघ ७ भित्र तीनै तहको चुनाव भएन भने मुलुक गम्भीर संकटमा फस्छ, एमालेले त्यो हुन दिदैन’ ओलीले भने । ओलीले संशोधन प्रस्ताव पारित हुनै नदिने दोहोर्‍याए ।

समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्नुहुँदै उनले एमाले कुनै पनि हालतमा निर्वाचन पर धकेल्ने कुनै पनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए। सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो । उनले भने, ‘सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेर मात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्र रुपमा प्रस्तुत भएको छ ।’

निर्वाचन हुने नदिने सबै चालबाजी विरुद्ध एमाले जिम्मेवार ढङ्गले शसक्त रुपमा प्रस्तुत हुने ओलीले चेतावनी दिए । माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने उनले विश्लेषण गरे । ‘यस्तो असहज परिस्थतिलाई रोक्न एमालेले मेचीकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे। कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको समेत बताए।रासस