धोनीको सन्यासबारे उनका बाल्यकालका प्रशिक्षक - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

धोनीको सन्यासबारे उनका बाल्यकालका प्रशिक्षक



हिमालपोस्ट/काठमाडौँ – 

(एजेन्सी)

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको संन्यासबारे मानिसहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। उनले संन्यास लिन्छन् वा लिँदैनन् भन्ने यकिन भइसकेको छैन। यसैबीच धोनीका बाल्यकालका प्रशिक्षक केशव बनर्जीले उनको संन्यासलाई लिएर नयाँ खुलासा गरेका छन्।

उनले आइतवार राँचीस्थित पुरानो घरमा गएर धोनीको बाआमालाई भेटेका थिए।

केशवले भने, ‘उनको माता-पिताको चाहना पनि धोनीले अब संन्यास लिए हुन्थ्यो भन्ने छ।’

हालै सम्पन्न विश्वकपमा धोनीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेका कारण उनले अब संन्यास लिनुपर्ने आलोचकहरूको भनाइ छ। तर समर्थकहरू भने अझै केही समय धोनीलाई निलो जर्सीमा हेर्न चाहन्छन्।