धर्तीमाता पक्राउ - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

धर्तीमाता पक्राउ



काठमाडौ –

आफू धर्तीमाता भएको दाबी गर्दै अर्की युवतीलाई यातना दिने ३२ वर्षीया विष्णु कुवँरलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ। उनको घर गुल्मी हो तर उनी बुटवल बस्दै आएकी थिइन्।

बालाजु परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए अनुसार उनलाई शुक्रबार बालाजुबाट पक्राउ गरिएको हो।

उनले असार ५ गते भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।