८ हजार मत गन्दा धनराजलाई बलियो मत, पद्मा ८ सयले पछि परिन् - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

८ हजार मत गन्दा धनराजलाई बलियो मत, पद्मा ८ सयले पछि परिन्



काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।