राजधानी माग गर्दै धनकुटा बजार बन्द र मोटरसाइकलमा तोडफोड - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राजधानी माग गर्दै धनकुटा बजार बन्द र मोटरसाइकलमा तोडफोड



धनकुटा । प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् ।

मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार बिहानैदेखि बन्द गरेका हुन् । बन्दकर्ताले संखुवासभाबाट धरानका लागि छुटेको एक मोटरसाइकल तोेडफोड गरेका छन् ।

बन्दकर्ताले को २६ प ५६११ नम्बरको पल्सर मोटरसाइकल रोकेर तोडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए । प्रादेशिक राजधानीको माग गर्दै धनकुटा बासिन्दाले ३४ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।