धनगढीमा जारी खप्तड गोल्डकपमा थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धनगढीमा जारी खप्तड गोल्डकपमा थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश



कैलाली ।। कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज  (बिहिवार) थ्री स्टारलाई हराउँदै  विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

यो वर्षको अहिलेसम्मको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबले बिहिबार थ्री स्टार क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको छैठौं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट खेलमा अग्रता लिएको आर्मीले पहिलो हाफ १-०ले अगाडि रह्यो। यस्तै खेलको ४९औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोब्बर पारे। २-० गोल अन्तरले पछि परेको थ्रीस्टारले खेलको ५३औं मिनेटमा निराजन खड्काले गोल गर्दै खेलमा फर्कने प्रयास गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण १४ महिना घरेलु फुटबलबाट अलग बसेको थ्रि स्टारले यही प्रतियोगिताबाट घरेलु फुटबलमा पुनरामगन गरेको थियो। यसअघि थ्रिस्टारले झापा ११ लाई हराउँदै प्रतियोगितामा सुरुआत गरेको थियो ।

प्रतियोगिताको विजेताले रु ११ लाख ११हजार १११, उपविजेताले रु पाँच लाख ५५ हजार ५५५, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५–१५ हजार र प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ ।

आयोजक सुदूरपश्चिम ११ र एपिएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। आर्मीले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब वा अग्नी रुपन्देही ११ मध्ये एक सँग सेमिफाइनल खेल्नेछ । शुक्रबार अन्तिम क्वाटरफाइनल  खेल मनाङ र रुपन्देही बीच  हुने छ ।