'ढाकाटोपी'बाट गायक राज सागर अभिनयमा प्रवेश (भिडियो) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘ढाकाटोपी’बाट गायक राज सागर अभिनयमा प्रवेश (भिडियो)



एक समय अत्याधिक चर्चामा रहेको गायिका सत्यकला राईको ‘ढडिया थापि देउ हे साहिँला’ गीतका रचनाकार र संगीतकार हुन् राज सागर । नेपाली तारा सिजन २ का चौंथो बिजेता राज सागर अहिले नेपाली गजल बिधालाई आफ्नो मुलधार बनाएर अघि बढिरहेका गायक तथा संगीतकार हुन् । पूर्वि नेपालको भोजपुरमा जन्मेका उनि बरिष्ठ संगीतकार दिपक जंगम र बेनी रावत जंगमका चेला हुँदाताकाबाट नै गीत लेखन, गायन र संगीतमा सक्रिय रहंदै आए । संगीत अत्यन्त महत्वपुर्ण नैतिक संस्कार हो भन्ने धारणा राख्ने राज सागर नयाँ पुराना संगीतकर्मीमाझ उत्तीकै सम्मानपुर्वक प्रस्तुत हुने गर्छन् । अत्यन्त बलियो गायनकला र संगीत क्षमता भएका उनि सस्तो प्रचार भन्दा राम्रा शब्दहरुमा रहेर काम गर्दै आएकाले पनि नेपाली साहित्यमा कलम चलाईरहेका अग्रज तथा युवा पुस्तामाझ लोकप्रीय छन् ।

तिनै गायक राज सागर यो पटक भने कलाकारको रुपमा पनि देखिएका छन् । आफ्नै शब्द संगीतमा तयार भएको युगल गीत ढाकाटोपीमा लिएर आएका राज सागरले यो गीतको भिडियोमा सहकर्मी गायिक अन्जु श्रेष्ठको जोडिका रुपमा अभिनय गरेका छन् ।

कलानिधी संगीत महाबिद्यालयकी गोल्ड मेडलिष्ट छात्रा अन्जु श्रेष्ठ संग यस अघि पनि उनले थुप्रै गीतहरुमा सहकार्य गरेका छन् । गायीका अन्जु श्रेष्ठ र राज सागरको सहकार्यमा एल्वम, रातो सारी, रंगीयो तिजले भेलवेटको चोली, खोजिरहेछु यो भिडमा लगायतका गीतहरु सार्वजनिक भै सकेको छ । अन्जुको बजारमा आउने अन्तिम तयारीमा रहेको आधुनिक गीती संग्रह पंक्षीमा पनि राज सागरको एकल संगीत रहेको छ ।

टिपिकल नेपाली मौलिक शब्दको प्रयोग भएको यो गीतमा अन्जु र राज संगै कृतन धामी र शुभेक्षाको जोडीलाई पनि भिडियोमा देख्न सकिन्छ ।

कलाकार तथा निर्देशक निर्मल शर्माको निर्देशनमा तयार भएको भिडियोलाई सुदिप बरालको छयांकन र टेकेन्द्र शाहको सम्पादनमा बजारमा ल्याईएको हो ।