परदेशीको पिडालाई समेटिएको लोकदोहोरी गीत “साउदी मलेसिया” बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

परदेशीको पिडालाई समेटिएको लोकदोहोरी गीत “साउदी मलेसिया” बजारमा(भिडियो सहित)



समिर प्रकाश पाण्डे /बहराइन

दुई तीन वर्ष भो सानु म विदेश आएको ।
तेइ दिन देखी छु सानु रुदै भात खाएको ।।
साउदी मलेसिया
धन कमाउन साउदी मलेसिया ।।
बस्नु हई पर्खी, अाउछु म फर्की
तिमी बिना चाहिदैन मलाई यो दुनियाँ ।।

हो यस्तै शब्द भावमा अनुबन्धित गरी लोकदोहोरी गायक गोपाल नेपाल जी.एम र मुना थापा मगर को सुमधुर आवाजमा परदेशीहरुको पिडामा समेटिएको लोकदोहोरी गीत “साउदी मलेसिया”बजारमा आएको छ ।

भक्त रोक्का मगरको प्रस्तुतिमा तिर्सना म्युजिक प्रा .लिई मार्फत बजारमा आएको यस गीतमा शब्द भक्त रोक्का कै रहेको छ भने सङ्गीत गोपाल नेपाल जी.एम. को रहेको छ, विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने मुकेश हुमागाँई र सम्पादन नवीन घर्ति मगरको रहेको छ ।

वुद्धिवीर र आशा को सशक्त अभिनयमा तयार भएको म्युजिक भिडियो दर्शक श्रोताको रोजाईमा पर्ने तिर्सना म्युजिकका संन्चालक, मोडल तथा सर्जक बाबुराम बोहोराले जानकारी दिए ।