'सबैले रुचाउने शिक्षा ऐन ल्याउने तयारीमा देवदह नगरपालिका' - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

‘सबैले रुचाउने शिक्षा ऐन ल्याउने तयारीमा देवदह नगरपालिका’



देवदह । रुपन्देहीको देवदह–१० भलुहीमा रहेको जनप्रिय माध्यमिक विद्यालयले आफ्नो ४२ औं बाषिर्काेत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले स्थानीय तहमा सबैले रुचाउने र सबैलाई सुहाउने शिक्षा ऐनको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि नगरपालिका योजना बनाउने कार्यमा सक्रिय भएको बताएका छन् ।

उनले देवदह क्षेत्रलाई शैक्षिक हवका रुपमा विकास गर्ने र गुणस्तरीय तथा बैज्ञानीक समय सुहाउदो शिक्षाका लागि नगरपालिकाले नीतिगत कार्यक्रम ल्याउन लागेको समेत जानकारी दिए ।

कार्यक्रममा देवदह नगर शिक्षा अधिकारी हरिलाल अर्यालले अवको शिक्षा घोकन्ते र सैद्धान्तीक नभई ब्यवहारीक र सीपमुलक शिक्षा भएको बताए ।

कार्यक्रममा देवदह वडानम्बर १० का वडाध्यक्ष एक बहादुर सुनार, विद्यालयका पुर्व अध्यक्ष रामप्रसाद पराजुली, संस्थाापक प्रध्यानाध्यापक गणेश आचार्य, तारा पराजुली, पुर्व शिक्षक इश्वर पौडेल, शिक्षक अभिभावक संघका हिरा बस्नेत, देवदह माविका प्रध्यानाध्यापक लिलाधर पाण्डे, शिक्षक श्याम थापा, अमर लामिछाने, शिक्षक उपाकान्त अधिकारी, माधव पराजुली, विद्यार्थी सन्दिप पौडेल लगायतले दीगो र भरपर्दाे शिक्षाका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

सोही अवसरमा विद्यालयमा चार कोठे भवनको शिलन्यास गरिएको छ । नगर प्रमुख हिराबहादुर खत्रीले शिलन्यास गरेकाे भवन चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरि निमार्ण सूचारु गरिने बताइएको छ ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीको ३६ लाखको सहयोगमा निर्माण हुन लागेको भवन निर्माण सम्पन्न भएपछि कक्षा ११ र १२ का कक्षाहरु संचालनमा सहयोग पुग्ने भवन निर्माण समितिका संयोजक मोहन जिसिले जानकारी दिए ।

सोही कार्यक्रमको अवसर पारी गतवर्षको शैक्षिक सत्रमा उत्कृष्ठ अंक ल्याएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले निर्माण गरेका विज्ञान सामग्रीको प्रदर्शन समेत गरिएको थियो ।