प्रचण्डसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

प्रचण्डसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

आइतबार साँझ देउवालाई भेटेर प्रचण्डले भोलि संसद्मा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि देउवाले आवश्यक छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाएका हुन् ।

देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरू धुम्बाराही आउने क्रम जारी छ ।