सरकार ढाल्ने काङ्ग्रेस सभापतिको उद्घोष - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरकार ढाल्ने काङ्ग्रेस सभापतिको उद्घोष



काठमाडौँ –

स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरे र त्यसका लागि काङ्ग्रेसले सडक र सदनबाट आन्दोलन सुरु गर्ने तयारी गरिसकेको बताए ।

सरकारले मानवअधिकार आयोगमा समेत हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सहन गर्न नसकिने चेतावनी दिए ।

सो कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । लोकतन्त्र र सङ्घीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

स्थानीय तहको भेलामा देशभरका काङ्ग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ र सो कार्यक्रम दुई दिनसम्म चल्नेछ।।