एमसीसीलाई लिएर बालुवाटारमा देउवा र प्रचण्डबीच 'चर्काचर्की' - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एमसीसीलाई लिएर बालुवाटारमा देउवा र प्रचण्डबीच ‘चर्काचर्की’



प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता भएको बताए ।

अमेरिकी सहायता परियोजना (एमसीसी)को विषयलाई लिएर प्रचण्ड र देउवाबीच चर्काचर्कीसमेत भएको छ ।

प्रचण्डले यथास्थितिमा एमसीसी संसदबाट पास हुन नसक्ने अडान छोडेका छैनन् । गठबन्धनमा छलफल नगरिकन स्थानीय तहको निर्वाचन मिति तोक्ने देउवाको तयारीप्रति पनि प्रचण्डले प्रश्न उठाएका छन् ।  

एमसीसीसँगै स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। 

पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ ।