रामचन्द्र पौडेलले भने- संसदीय दलमा देउवालाई सहयोग गर्दिन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

रामचन्द्र पौडेलले भने- संसदीय दलमा देउवालाई सहयोग गर्दिन



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग नगर्ने बताएका छन्।

यसपटक संसदीय दलको नेतामा आफू लड्ने बताउँदै आएका पौडेलले देउवालाई सघाउन नसक्ने बताएका हुन् ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पौडेलले देउवासँग उनलाई सघाउन नसक्ने बताएका थिए ।

भेटमा पौडेलले आफुलाई सघाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका थिए। यदि त्यसो हुन सकेमा आफ्नो पक्षमा सर्वसम्मत माहोल बन्ने पनि दाबी गरे।

कांग्रेसमा संसदीय दलको नेताका लागि विभिन्न नेताहरूले तयारी गरिरहेका बेला पौडेलले देउवालाई सहयोग गन्त्न नसक्ने बताएका हुन् । देउवा भने अहिले पनि आफैं संसदीय दलको नेता बन्ने तयारी गरिरहेका छन् ।

पौडेलको जवाफमा प्रधानमन्त्री देउवाले यसबारे पछि पार्टी कार्यसमितिमा सल्लाह गरौँला भन्ने जवाफ दिएका छन्।

मंसिर ४ को निर्वाचनपछि कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा मुख्य प्रतिस्पर्धामा देखिएका छन्।

अर्कातिर पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि इच्छा देखाएका छन्। यसबीचमा अब वरिष्ठ नेता पौडेलले पनि आकांक्षा देखाएका छन्।

सत्ता गठबन्धनमा अझै पनि आगामी ५ वर्षका लागि पहिलो कार्यकाल कसले सरकारको नेतृत्व गर्ने कुरा मिलिसकेको छैन।