गगन थापालाई संसदीय दलमा रोक्न देउवाले सुरू गरे 'खुराफाती' - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गगन थापालाई संसदीय दलमा रोक्न देउवाले सुरू गरे ‘खुराफाती’



काठमाडौं- हाल नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाका सबैभन्दा ठूला प्रतिस्पर्धी उनकै पार्टीका महामन्त्री गगन थापा बनेका छन् कांग्रेसमा आगामी प्रधानमन्त्रीका लागि तयारी गरेका युवा नेता थापालाई रोक्न सभापति देउवाले छाल सुरू गरिसकेका छन्।

पाँचौँ पटक प्रधानमन्त्री भैसकेका देउबा फेरि प्रधानमन्त्री बन्नेगरी सत्ता गठबन्धनमा तयारी थालेका छन् । तर कांग्रेसभित्र राम्रो प्रभाव बनाएका महामन्त्री थापाले आफूले पनि संसदीय दलको नेता बन्ने तयारी गरेपछि देउवा फेरि उनलाई रोक्न उत्रिएका छन् ।

गगनलाई रोक्नका लागि देउवाले महाधिवेशनमा साथ दिएका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रयोग गरेका छन् । देउवाले प्रयोग गरेको पत्तै नपाई पौडेल भने प्रधानमन्त्री बनिहाल्ने आशामा दौइएका छन् । यसस पटक कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा धेरै नेताको प्रतिस्पर्धा हुने देखिन्छ।

सभापति देउवा आफैं लड्ने तयारी गरेका छन् भने उनले गगन थापालाई कमजोर पार्न पौडेललाई उठाउने छन् त्यस्तै थापाले पहिले नै आफू संसदीय दलमा उठ्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको उम्मेदवार बन्न कांग्रेसमा संसदीय दलको नेता अनिवार्य चुनिनिपर्छ । संसदीय दलको नेता नभएको खण्डमा प्रधानमन्त्री बन्न पाइँदैन ।

चुनावअघिदेखि गगन थापाले प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरिसकेका छन्। उनलाई अर्का महामन्त्र विश्वप्रकाश शर्मालगायतको सहयोग छ। तर देउवाको पछिल्लो रणनीतिका कारण थापाले संसदीय दलको नेतामा जीत निकाल्न मुस्किल हुनेदेखिएको छ । देउवाले यदि यत्तिले पनि नपुगे शशांक कोइरालालाइ पनि संसदीय दलमा भिडाउने तयारीमा छन् ।

कांग्रेस सांसदको अंकगणित पनि देउवाको पक्षमा नै देखिएको छ। समानुपातिकमा बसेका नेता विमलेन्द्र निधिले संसदीय दलमा देउवाका पक्षमा मतदान गर्ने खुलाइसकेका छन्। देउवाको नै स्पष्ट बहुमत भइसकेको र जीत निकाल्न कठिन नरहेको बताएका निधिले प्रतिस्पर्धामा को आउँछन् भन्ने तय भइनसकेको पनि प्रतिक्रिया दिएका छन्।

देउवाइतर समूहका नेता जगदिश्वरनरसिंह केसीले नयाँ पुस्ता प्रधानमन्त्रीमा आउनुपर्ने मत राखेका छन्। त्यसो त युवा पुस्ताका नेता प्रदीप पौडेलले संसदीय दलको नेतामा निर्वाचन हुने खुलाए पनि आफू कसको पक्षमा उभिने भन्नेचाहिँ बताएका छैनन्। उनले लोकतान्त्रिक पद्दतीलाई कांग्रेसले अंगीकार गर्ने बताइसकेका छन्।

कांग्रेसका निर्वाचित सांसद र समानुपातिकको सूचीअनुसार पनि गगनका पक्षमा संसदीय दलको बहुमत खस्ने सम्भावना कम रहेको आँकलन गरिएको छ। तर देउवाको कारण पार्टीले लजास्पद हर ब्योहोरेको कारण धेरैले अब देउवालाई विधा गर्नुपर्ने लाइनमा देखिन्छन ।

देउवा पक्षमा प्रत्यक्ष निर्वाचित ३२ सांसद छन्। देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठोैर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की देउवा पक्षका सांसद हुन्।

यसमा केही सांसद तलमाथि हुने र गगनका पक्षमा उभिए पनि समानुपातिकतर्फ देउवा नै हावी हुन सक्ने अनुमान गरिएको छ। समानुपातिकमा देउवातिर शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि खुल्ने निश्चित छ।

उता, गगन थापाका पक्षमा भने डा. शेखर कोइराला, थापा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी र राजु थापाले प्रत्यक्षमा चुनाव जितिसकेका छन्। यो संख्या संसदीय दलको निर्वाचनका लागि पर्याप्त होइन।

समानुपातिकतर्फ वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल आउने सम्भावना भए पनि गगन थापाले संसदीय दलमा असहज प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

देउवाले बरिष्ठ नेता पौडेललाई मैदानमा उतार्नेछन्। पौडेलले देउवा पक्षको नभई संस्थापनइतरकै केही मत ल्याउँदा संसदीय दलको नेतामा गगन थापालाई घाटा हुने देखिन्छ। देउवाको यो रणनीति असफल गर्न गगन थापाले के गर्छन भन्ने मुख्य हुने छ ।