देउवाले हाम्रो अपमान गरे- गगन थापा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देउवाले हाम्रो अपमान गरे- गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफूहरु अपमानित भएको बताएका छन् ।

महामन्त्री गगन थापाले पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो बताएका हुन् । उनले सभापति देउवाबाट आफू अपमानित भएको बताएका छन् ।

“नढाँटी भन्दा म बिहान ६ बजेदेखि सभापतिको फोन कुरेर बसेको थिएँ । समाचारमा के पढेँ भने पार्टीसँग छलफल गर्छु भन्नुभएको रहेछ । त्यो भनिसकेपछि म पनि पदाधिकारी भएको हुनाले बैठकमा जानुपर्छ भन्ने लागेको थियो । बैठक घरमा थियो, नबोलाई जाने कुरा भएन । त्यसकारण म बैठकमा जाँदा आउन भ्याउँदिन कि भन्ने लागेको थियो मैले मेरो टिकट पनि सारेँ । तर म अन्तिममा आएँ । यहाँ अपमानित भएर आएँ ।”