प्र.म.को काम बोल्ने हैन, जबाफ दिने हो - शेरबहादुर देउवा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्र.म.को काम बोल्ने हैन, जबाफ दिने हो – शेरबहादुर देउवा



काठमाडौँ –

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीभन्दा पहिले आफूहरूले बोल्न पाउनु पर्ने जायज माग राखेर संसदमा विरोध जनाएको स्पष्ट पारेका छन्।

सभामुख महराले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्रीलाई बोल्ने अनुमति दिएपछि आफूहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै विरोध जनाएको सभापति देउवाले बताए।

उनले प्रधानमन्त्रीले बोल्ने नभई जबाफ दिनु पर्ने तर्क राख्दै, अन्तर्राष्ट्रिय अभ्यासलाई आफूहरुले पछ्याउन खोजेको बताए ।

‘संसदमा प्रधानमन्त्रीले बोल्ने होइन जबाफ दिने हो । उहाँले पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । सुरुमा कहाँ बोल्छन् ?’ उनको भनाइ थियो।