राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव



सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । महामन्न्त्री शर्माले अघि भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’

नेताहरुका अनुसार केही दिनअघि नेताहरुसँग भएको छलफलमा पनि शर्माले सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए । तर देउवाले भने कहाँ हुन्छ त्यस्तो भन्दै तत्काल अस्वीकार गरेको नेताहरु बताउँछन् ।

महामत्री शर्माले भने राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।

त्यो बेला सुर्खेत (उपसभापति पूर्णबहादुर खड्का) ले कार्यबाहक सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने संसदीय दलको नेता बनाएर जान सकिने उनले बताएका छन् ।