सुकुम्बासी बस्तीबारे बालेन शाहले गरे प्रधानमन्त्री देउवासँग छलफल - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

सुकुम्बासी बस्तीबारे बालेन शाहले गरे प्रधानमन्त्री देउवासँग छलफल



सुकुम्बासी बस्ती हटाउने सम्वन्धमा मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका छन् ।

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् । सोमबार अवैध संरचना हटाउन महानगरको टोली जाँदा घरेलु हतियार बोकेर बस्तीका बासिन्दाले प्रतिकार गरेका थिए ।

स्थिति असामान्य बनेपछि यसको सहज निकासका लागि सहयोगको अग्रहसहित मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।

हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बामगती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।

बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए । आफूहरूको उचित व्यवस्थापन गरेर मात्रै बस्ती हटाइनुपर्ने माग सुकुम्बासीहरूको छ ।