देउवाले आज बालुवाटार छोड्ने- निवास नजाने, होटलमा बस्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवाले आज बालुवाटार छोड्ने- निवास नजाने, होटलमा बस्ने



काठमाडौं- नेपाली कांग्रेसक सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

उनले बालुवाटार छोडेर निवासमा भने फर्कने छैनन् । केहीदिन होटलमा बस्नेगरी उनी बालुवाटार छोड्न लागेका हुन् ।

दिउँसो ४ बजे नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण हुने भएकाले देउवाले ४ बजेअघि नै निवास छाड्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

बूढानीलकण्ठमा रहेको देउवाको निवास अहिले मर्मत भइरहेको कारण उनी केही दिनको लागि देउवा होटलमा बस्ने तयारी गरेका छन् ।

२०७८ सालको असारमा प्रधानमन्त्री बनेका देउवाले १८ महिनापछि सरकारी निवास छाडन् लागेका हुन् ।