बुटवलमा १२ जना स्वाथ्यकर्मी सहित ५ सय ५० भन्दा वढि डेगुका विरामी भेटिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवलमा १२ जना स्वाथ्यकर्मी सहित ५ सय ५० भन्दा वढि डेगुका विरामी भेटिए



आचार्य प्रदीप
बुटवल : बुटवलमा डेंगुका विरामीहरु ह्वात्तै बढेपछि डेंगुको संक्रमण विरुद्ध बिशेष अभियान संञ्चालन गरिएको छ ।
शुक्रबारसम्म ५ सय ५० जनामा डेगु संक्रमण भएको पाइएको भन्दै अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले यसका विरुद्ध अभियानलाइ तिव्रता दिएको बताए ।

उनका अनुसार बिहिवारबाट अस्पतालमा औषधि टिट्ने काम थालिएको छ भने टोल टोल मा डेगु सार्ने लामखुट्टेको खोज ीगर्ने र नष्ट गर्ने अभियान लाई तीव्रता दिइएको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान विगत दिनदेखि सञ्चालनमा रहेको भएपनि अझ बढी प्रभावकारी वनाइएको छ ।

डेगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाउनेदेखि थप उपायहरु खोजि गर्दै अभियानलाई तीव्रता दिन थालिएको छ । रेग्मीका अनुसार सक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका रहेका छन । त्यसमा पनि ७५ प्रतिशत बुटवलका रहेका छन ।
बुटवलबाट मंगलवार ३७ वटा नमुना परिक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मी गरी १२ जनामा डेगुको सक्रमण भएको रेग्मीले बताए । पछिल्ला दिनहरुमा दिनप्रतिदिन संक्रमण बढेपछि केही दिन अगाडी जनस्वथ्यको केन्द्रको टोलि पनि बुटवलमा आएर अध्यान थालेको थियो । जनस्थ्य अधिकृतहरुको टोलि बुटवलमा आइपुगेको हो ।

यसै क्रममा लुम्बिनी अञ्चल अस्पतालमा बुधवार स्वास्थ्य मन्त्रालयको टोलि समेत आएको थियो । प्रहरी, स्वस्थयकर्मी, जनप्रतिनिधि, महिला स्वयमसेविकासहितको टोलि ब्यापक परिचालन गर्ने निणर्य भएको र सोहि अनुशार काम भैरहेको वुटवल उपमहानगरपालिकाका स्वाथ्य विभाग प्रमुख डा रमेश खनालले बता ए ।