प्रचण्डको आलोचना गर्दै दीपशिखाले भने- यही पाराले अब जनताले माओवादीलाई बोक्दैनन् - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्डको आलोचना गर्दै दीपशिखाले भने- यही पाराले अब जनताले माओवादीलाई बोक्दैनन्



काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य रामप्रसाद समापकोटा ‘दीपशिखा’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।

उनले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै यो सरकार असफल भएको खण्डमा माओवादी समेत सकिने बताएका छन् । पार्टी सकिने चेतावनी दिँदै उनले भनेका छन्- सरकार असफल हुँदा माओवादी सकिने छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सरकारको कार्यसम्पादनप्रति असहमति जनाएका हुन्। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै सरकार असफल भए माओवादी पार्टी पनि सकिने चेतावनी दिएका छन्।

‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन’, उनले लेखेका छन्।

जनता, कार्यकर्ता र नेतालाई आफ्नोजस्तो लागे मात्र सरकार सफल हुने उनको भनाइ छ। ‘ढ्याउ गरेर डकाररिहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन् है’, दीपशिखाले लेखेका छन्।