पैसा मात्र बचेर हुँदैन, देशको प्रतिष्ठा पनि बच्‍नुपर्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पैसा मात्र बचेर हुँदैन, देशको प्रतिष्ठा पनि बच्‍नुपर्छ



काठमाडौँ –

दीपकराज गिरीले नेपालमा लगातार ठूला कार्यक्रम स्थगित भइरहँदा नकारात्मक सन्देश जाने खतरा रहेको बताएका छन् ।आईफा अवार्ड समारोह आयोजना नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि आयोजक पर्यटन बोर्डले कार्यक्रम तत्काल नगर्ने निर्णय गरेपछि आईफा अवार्ड नेपालमा नहुने भएको छ ।

कलाकार गिरीले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै  भनेका छन्, “आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो तर अन्तरराष्ट्रियस्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुँदैछ कि ?”

उनी अगाडि लेख्छन्, “पैसा मात्रै बचेर हुँदैन प्रतिष्ठा पनि बच्नु पर्छ ।”

ठूलो सङ्ख्यामा बलिउडका कलाकार आउँदा सरकारले सुरक्षाको प्रवन्ध गर्न सक्छ अथवा सक्दैन भन्ने कुरामा सशङ्कित थिए दीपक। सुरक्षाका बारेमा पनि उनसो चासो रहेको थियो। एउटै नेताको भ्रमणमा करोडौँ खर्च हुने गरेकामा ४४ करोड ठूलो नभएको तर सुरक्षा र अन्य कुराको प्रवन्धले समस्या हुन सक्ने विचार राख्दै आएका थिए।  ।

यसभन्दा पहिले पनि निजीस्तरबाट सलमान खान र कपिल शर्मालाई नेपालमा ल्याउने प्रयास भएपनि सुरक्षाका कारण स्थगित भएको थियो ।