उत्तर कोरियामा पाशविक मृत्युदण्ड - नरभक्षी माछा भएको ट्याङ्कीमा फालियो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

उत्तर कोरियामा पाशविक मृत्युदण्ड – नरभक्षी माछा भएको ट्याङ्कीमा फालियो



उत्तर कोरियाली शासक किम जोङ्ग उनले एक सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।

डेली स्टारको खबर अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पल्टाउन खोजेको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौँ पिरान्हा रहेको बताइन्छ ।

सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।

सेनापतिलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।

( एजेन्सी)