मधुसुधन बञ्जाडेको दशैको गीत "दसैँ मान्न अाउछु फर्केर" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मधुसुधन बञ्जाडेको दशैको गीत “दसैँ मान्न अाउछु फर्केर” बजारमा (भिडियो सहित)



हिन्दुहरूको महान् चाड दसैँ तिहार नजिकिदै गर्दा मौसमी गीतहरू सार्वजनिक गर्ने चलन पनि हुवात्तै बढन थालेको छ । यही सेरोफेरोमा अर्घाखाँची घर भई कामको सिलसिलामा काठमाडौँ बस्दै आएका सर्जक तथा गायक मधुसुधन बञ्जाडेको दसैँ विशेष गीत “ दसैँ मान्न अाउछु फर्केर ” हालै मात्र सार्वजनिक भएको छ ।

साझा सङ्गीत म्युजिक प्रा.ली बाट बजारमा आएको यस गीतमा मधुसुधन बञ्जाडेकै शब्द / सङ्गीत/ स्वर छ भने उनलाई स्वरमा चर्चित गायिका सम्झना लामिछाने मगरले साथ दिएकी छन् ।

यस्तै मञ्जु श्री फिल्मस् को ब्यानरमा निर्माण भएको गीतको भिडियोलाई अजय रेग्मीको छायाङ्कन , अनुप शिवाकोटिको सम्पादनमा कुमार के.सीले निर्देशन गरेको छन् । भिडियोमा सज्जन हमाल र सिर्जना क्षेत्रीको अभिनय देख्न सकिन्छ ।