‘दसैँ आएर’ यसरी आफ्नो पिडा पोख्दै छन् परदेशीहरु ( भिडियो सहित) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

‘दसैँ आएर’ यसरी आफ्नो पिडा पोख्दै छन् परदेशीहरु ( भिडियो सहित)



दसैँ नेपालीहरूको महान् पर्व हो, वर्षौसम्म भेट नभएका आफन्तसँग मिलन हुने र रमाइलो गरेर हासि खुसी दसै मनाउने चलन छ । आफ्न्तको सामिप्यमा रहेर सँगै टिका र जमरा लगाउन नपाएर निधार रित्तै भएको जस्तो पिडा र वेदनाले विक्षिप्त बनेको मनलाई खुसीमा परिणत गर्ने बाटो ताकिरेहका प्रदेशीहरु जेनतेन गरेर गन्तव्यमा हिड्दैछन् ।

कोही भने यस पालिको दसैमा घर आउन पाइन भन्दै दुख वेदना पोख्दै छन् । घर परिवारसँग अर्को सालसँगै बसेर दसैँ मनाउने प्रण गर्दैछन् । उता घरमा बुढा बाआमा, छोरा, छोरी, श्रीमती प्रदेशीको बाटो कुरेर बसेका छन् । यो वर्षको दसैलाई लक्षित गरेर चर्चित गायक भागिरथ चलाउने र शान्ति सुनारको स्वरमा दसैँको गीत बजारमा आएको छ।

‘दसैँ आएर’ बोलको उक्त गीत बाबुराम बोहोराले लेखका हुने भने लय गायक भागिरथ चलाउनेले भरेका छन् । बाबुराम बोहरा र रञ्जिता गुरुङको अभियन रहेको उक्त गीतको भिडियो निर्देशनमा पनि बाबुराम बोहराले नै गरेका छन् छन् । दुर्गा पौडेलले छायाङ्कन गरेको उक्त गीत विष्ण शर्माले सम्पादन गरेका छन् ।
गीत तिर्सना म्युजिक प्रा.लीबाट बजारमा आएको छ ।