सार्वजनिक भयो एल्वम दास बनेर(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सार्वजनिक भयो एल्वम दास बनेर(भिडियो सहित)



काठमाण्डौ – पुस १८
पछिल्लो समय दोकदोहोरीमा निकै राम्रो सिर्जनाहरु एक पछि अर्को आउने क्रम चलिरहेको छ । यसै क्रममा सबैले प्रतिक्षा गरेको गीत दास बनेर पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको छोटो समयमानै गीत प्रति सबै स्रोता दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।गीत यो मानेमा पनि चर्चामा छ कि, गीत गायन बाट सबैको मनमुटुमा बस्न सफल गायक कुलेन्द्र विश्वकर्माले मनमोहक अभिनय गरेका छन भने उनलाई रञ्जिता गुरुङले साथ दिएकी छन ।

सबैले सम्भावना भएको गायक भनेर चिन्ने गायक तथा सर्जक खेम सेन्चुरीले गीत दाश बनेरमा निकै न्याय गरेर गायका छन भने विष्ण्ुा माझिले समेत मुटुछुने आवाज दिएकी छन ।धेरै उत्कृष्ट गीतहरु सिर्जना गरी सकेका सर्जक नेत्र आर्यालले गीतको शव्द लेखेका हुन भने शव्दलाई न्याय हुने संगीत सिर्जना गरेकी हुन देवी खनालले ।

गीतमा प्रकाश भट्टले आफ्नो निर्देशकीय कुशलता बेजोडले प्रस्तुत गरेका छन ।गीत सार्वजनिक भए पछि सबै बाट राम्रो प्रतिक्रिया आइरहेको कम्पनीका सञ्चालक शम्भु कुँवरले हामीलाई जानकारी दिनु भयो ।त्यस्तै सर्जकहरु खेम सेन्चुरी र गायक कुलेन्द्र विश्वकर्माले पनि गीत हेरेर आफुलाई साथीभाईहरुले फोन गरेको बताउछन ।शुभारम्भ डिजिटलले बजार व्यवसस्थापन गरेको सो गीत देवी खनालको प्रस्तुती रहेको छ भने संगीत संयोजन गरेका छन विनोद बाजुरालीले ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।