दाङमा प्रदेश ५ को उम्मेदवारी दर्ता जारी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

दाङमा प्रदेश ५ को उम्मेदवारी दर्ता जारी



दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ५ को उम्मेदवारी दर्ता दाङको घोराहीमा हुँदैछ। उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा भइरहेको हो।

दाङ, बाँके,बर्दिया,पूर्वी रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, रुपन्देही, गुल्मी,परासी जिल्ला गरी १२ जिल्लाबाट घोराहीमा आज बुधबार राष्ट्रिय सभा सदस्यका लागि पार्टीको आधिकारी वा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउने छन्।

३ खूल्ला,३ महिला,१दलित र १ अल्पसंख्यक,अपाङ्ग गरी ८ जना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ। ८ जना उम्मेदवारका लागि प्रदेश नम्बर ५ का ८७ जना प्रदेश सभा सदस्य,स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सह संयोजक,मेयर उपमेयर,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत २१८ गरी ३०५ जना मतादाता छन्।

मूख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार ३०५ लाई मतभारबाट रुपान्तरण गर्दा ८१०० हुने छ। प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो।