गायिका सम्झना लामिछाने मगरको तीजको कोसेली “डल्ले साबुन”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गायिका सम्झना लामिछाने मगरको तीजको कोसेली “डल्ले साबुन”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् चाड तिज नजिक आइरहेको बेला नेपाली गीत संङ्गीतको बजारमा तीजका गीत आउने क्रम दिन प्रति दिन बढ्दो छ यसै क्रममा नेपाली साङ्गीतिक क्षेत्रमा चिर परिचित गायिका सम्झना लामिछाने मगरको पनि यस वर्षको तिजमा फरक खालको गीत “ डल्ले साबुन ” सार्वजनिक भएको छ ।

दर्जनौं लोकदोहोरी गीत र तिजका गीतमा आवाज दिएर आफ्नो नाम कुशल गायिकाको रूपमा कायम गरेर चर्चामा रहेकी गायिका सम्झनाले हिजो मात्रै गीत सार्वजनिक गरेकी हुन चर्चित गायक पशुपति शर्मा र उनै गायिका सम्झना लामिछाने मगरको मिठो आवाजमा स्वरबद्ध रहेको गीतमा पशुपति शर्माले नै शब्द/ सङ्गीत भरेका छन् ।

यस्तै गीतको भिडियो लाई प्रकाश भट्टले निर्देशन गरेका छन् भन्ने करन चैसिर को छायाङ्कनमा विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा पशुपति शर्मा, सम्झना लामिछने मगर, अर्विन छन्त्याल र भिमा लामिछाने मगरको अभिनय देख्न सकिन्छ गीतमा पुरानो जमना र अहिले आएको परिवर्तन बढ्दो फेसनलाई मुख्य कथा बस्तु बनाइएको छ । सम्झना डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको गीत सम्झना कै प्रस्तुतिमा बजारमा आएको हो ।