दलित एकता सञ्जाल नेपाल-भारतद्वारा समितिको घोषणा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

दलित एकता सञ्जाल नेपाल-भारतद्वारा समितिको घोषणा



नयाँ दिल्ली- विश्वभरी छरिएर रहेका दलित समुदायहरुलाई एकबद्ध गरि जातीय विभेद र छुवाछूत उन्मुलन गर्ने उद्धेश्यले गठित दलित एकता संजाल नेपाल भारतले आइतबार आठौं सम्पर्क समिति साईन बाग, ओखलाको घोषणा सभा, दशैं मिलन आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरेको छ।

आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता, भन्ने मुलनाराको साथ शुरु भएको थियो ।

गोपाल चदाराको अध्यक्षता रहेको सो कार्यक्रममा आफन्त नेपाल भारतका प्रतिनिधि नवीन जोशी प्रमुख अतिथि, हेल्प नेपाली मिशन दिल्लीका रामचन्द्र खडका अतिथिका रुपमा उपस्थित रहेका थिए भने दलित एकता संजाल नेपाल भारतका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्मा, उपाध्यक्ष छोटु ओड, उपाध्यक्ष मोती सिंह मिजार, महासचिव अर्जुन दयाललगायत दिल्लीका सबै समितिका पदाधिकारी र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आठौं सम्पर्क समिति साईन बाग, ओखलाको नवनिर्वाचित पदाधिकारीमा गोपाल चदारा अध्यक्ष, भरत बिक उपाध्यक्ष, बालगिरी चदरा सचिव, प्रगति चदरा कोषाध्यक्ष गरि २७ सदस्यीय समितिको घोषणा गरिएको छ । समारोहमा स्थानिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।