भारतको आन्दोलनले 'दबंग ३' डुबायो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

भारतको आन्दोलनले ‘दबंग ३’ डुबायो



एजेन्सी– सलमान खानको चलचित्र ‘दबंग ३’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन २४.५० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

यद्यपि भारतमा नागरिकता संशोधन कानुनको विरोधमा चर्किरहेको आन्दोलनका कारण व्यापारमा कम्तिमा ३० प्रतिशतले कमि आएको विश्लेषक तराण आदर्शले बताएका छन्।

यदी उक्त आन्दोलन तत्काल मत्थर नभए ‘दबंग ३’ले ठूलो क्षति व्यहोर्नु पर्ने बताइएको छ।

भारतीय बक्सअफिसमा ‘दबंग ३’ यस वर्षको सर्वाधिक ओपनिङ गर्ने पाँचौँ चलचित्रसमेत बनेको छ। सन् २०१९ मा रिलिज भएका चलचित्रमध्ये ५३.३५ करोडको ओपनिङ गरेको ऋतिक रोशन र टाइगर श्राफको चलचित्र ‘वार’ पहिलो नम्बरमा छ।

यस्तै ५३.१० करोडको ओपनिङ गरेको हलिउड चलचित्र एभेन्जर्सः एण्डगेम दोस्रो, ४२.३० करोडको ओपनिङ गरेको सलमान खानको चलचित्र ‘भारत’ तेस्रो र २९.१६ करोडको ओपनिङ गरेको अक्षय कुमारको चलचित्र ‘मिशन मंगल’ चौथो स्थानमा रहेको छ।

प्रभु देवाको निर्देशनमा बनेको चलचित्र ‘दबंग’मा सलमान खानका साथै सोनाक्षी सिन्हा, साईं मन्जरेकर, अरवाज खान, सुदीप किचा लगायतका कलाकारको अभिनय रहेको छ।