साइबर बुलीइङ दण्डनीय अपराध - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

साइबर बुलीइङ दण्डनीय अपराध



काठमाडौँ

सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित भएको छ। विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सो प्रतिवेदन पारित गरेको हो।  काङ्ग्रेसका सांसद बहादुरसिंह लामाले भने असहमति राखेका छन्।

‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौँ। उहाँले बैठक राखेपछि पूर्ण समितिमा पेश गर्छौँ’ उपसमितिको बुधबार बसेको बैठकले प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन्।

सांसद लामाले भने, ‘मैले आफ्नो फरक मत राखेको छु। बुलीइङ, समाजिक सञ्जालमा सेयर गरेकै आधारमा कडा दण्डसजाय गर्ने दफाहरूमा मैले आफ्नो असहमति राखेको छु ।’ उनले सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रण गर्ने केही प्रावधान राखेकामा फरक मत जाहेर गरेका हुन्।

प्रतिवेदनमा साइबर बुलीइङ (विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई उत्पीडन गर्ने, जिस्क्याउने, होच्याउने, अपमानित गर्ने, होच्याउने आदि)लाई दण्डनीय बनाएको छ। सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्ने, घृणा, द्वेष वा अपहेलनामा उत्पन्न हुने काम कार्बाही गर्न नहुने उल्लेख छ।

यस प्रतिवेदनले कसुरदारलाई १५ लाखसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने विधेयकको व्यवस्थालाई यथावत राखेको छ।