करेण्ट तयारी चाउचाउको लन्चिङ्ग कार्यक्रम उदयपुरको गाईघाट बजारमा आज देखि शुभारम्भ - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

करेण्ट तयारी चाउचाउको लन्चिङ्ग कार्यक्रम उदयपुरको गाईघाट बजारमा आज देखि शुभारम्भ



पदम ओझा / कैैैलाली ।
यशोदा फुड्स प्रा ली ले आफ्नो उत्पादन करेण्ट तयारी चाउचाउको लन्चिङ्ग कार्यक्रम उदयपुरको गाईघाट बजारमा आज देखि शुभारम्भ गरेको छ । यस अवसरमा गाईघाटको मुख्य बजारमा नेपालको मौलिक कला संस्कृतीलाई मध्य नजर गर्दै पञ्चे बाजा संगै यस क्षेत्रका पसल तथा डिलरका आसपासका क्षेत्रहरुमा व्यापक र्‍याली सहित चाउचाउको प्रचार प्रसार गरेको छ।

कार्यक्रमको शुभारम्भ यशोदा फुड्स प्रा ली का कर्पोरेट म्यानेजर छविलाल शर्माको नेतृत्वमा सम्पन्न भएको थियो। कम्पनीले यस अघि झापाको विर्तामोड दमक, ताप्लेजुंग पाचथर तेर्हथुम लगाएत पश्चिम नेपालको बुटवल, भैरहवा नेपालगंज, सुर्खेत ,पोखरा,कैलाली लगाएतका नेपालका धेरै जसो मुख्य शहरहरुमा लन्चिङ्गको कार्यक्रम सम्पन्न गरिसकेको छ।

यस कम्पनीले हाल सम्म विभिन्न उत्पादनहरु लाली, जुप्पी ,ओप्पो लगाएत बिभिन्न ब्राण्डका उत्पादनहरु बजारमा ल्याएको छ। बजार मुल्य रु १९ रहेको उक्त चाउचाउको तौल ७५ ग्राम रहेको छ।

अत्याधुनिक प्रविधी बाट तयार गरिएको उक्त चाउचाउ गुणस्तरीय तथा स्वादिलो रहेको र हरेक प्याकेट भित्र नगद सहित कुपन रहेको र कुपन भित्र सुन चांदीका सिक्का सहित मोबाइल साइकिल क्रिकेट बल ब्याट लगायत विभिन्न पुरस्कारहरु रहेको कम्पनीका एरिया म्यानेजर मेघराज रिजालले जानकारी गराउनु भयो।

उद्योगपतिहरुले उद्योग खोल्ने मात्र नभई उपभोक्ताहरुको स्वास्थ्य प्रति सचेत रही सामाजिक उत्तर दायित्व अन्तर्गत समाजमा विभिन्न उत्कृष्ट कार्क्रमहरुमा यस कम्पनीको प्रत्यक्ष आर्थिक सामाजिक सहभागीता रहंदै आइरहेको र शैक्षिक अभियान अन्तर्गत मेचि देखि महाकाली सम्म विभिन्न विद्यालयहरुमा विभिन्न कार्यक्रम सम्पन्न गरी जंकफुड बारे सचेत गराउने र चाउचाउ खाने तरिका बारे सिकाउने कार्य हाल सम्म यशोदा फुड्स ले मात्रै गर्दै रहेको कुरा यस कम्पनीका जन सम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराइन।

गाईघाटमा अवस्थित कम्पनीको अधिकृत विक्रेता भरत किराना पसल (भरत कार्की) बाट आज देखि शुरु गरी गाईघाटको मुख्य बजारमा बृहत र्याली सहित शिवको मन्दिरमा पूजा अर्चनाका साथ शुरु भएको सो कार्यक्रममा कम्पनीका तर्फ बाट कृष्ण अर्याल ,रञ्जित खड्का ,सोभियत थापा ,कृष्ण थापा लगायतको बिशेष सहभागिता रहेको उक्त कार्यक्रम उदयपुर जिल्लाको विभिन्न स्थानहरुमा भव्य रुपमा लन्चिङ्ग सम्पन्न गर्ने योजना रहेको कम्पनीका एरिया म्यानेजर रिजालले जानकारी गराउनुभयो ।