अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पुन: सुरु हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पुन: सुरु हुने



हिमालपोस्ट/काठमाडौँ

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पुन: सुरु गर्ने भएका छन्।

५ हजार १ सदस्यीय मूल सहयोग समितिले बारम्बार गरेको आह्वान र वातावरण सहज बनाउने जिल्लाको प्रतिबद्धतासँगै धुर्मुस सुन्तली फाउन्डेसनले सो काम पुन: सुरु गर्न लागेको हो। फाउन्डेसनले यो परियोजना देशकै इज्जतका रूपमा रहेको पनि उल्लेख गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको अस्थायी बारमा गत जेठ १५ गते नेकपाकै सदस्यद्वारा डोजर चलाइएको थियो।