बुटवल बहुमुखिमा क्रिकेट सप्ताह शुरु - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बुटवल बहुमुखिमा क्रिकेट सप्ताह शुरु



बुटवल । बुटवल बहुमुखि क्याम्पस मा क्रिकेट सप्ताह शुरु भएको छ । नेपाल बिद्यार्थी संघको आयोजनामा सञ्चालन भएको कार्यक्रमको पहिलो दिन २ वटा खेलहरु सम्पन्न भएका छन् ।

कार्यक्रमको उद्घाटन नेबिसंघ केन्द्रयि उपाध्यक्ष प्रकाश रानाले बलिङ गरेर शुरु गरेका थिए भने कार्यक्रम संयोजक दिवस न्यौपानेले ब्याटिङ्ग गरेका थिए ।

पहिलो खेल मणिमुकुन्द र कालिका माबि बिच सम्पन्न भएकोमा मणिमुकुन्द कलेजले जितेको छ । पहिले ब्याटिङ्ग गरको मणिमुकुन्दले निर्धारीत १२ ओभरमा ८ विकेटको क्षतिमा ६८ रन बनाएको थियो । क्याप्टेन महेन्द्र सुवेदीको २१ रन र अजय चौधरीको १० रन लिएका थिए । जवाफिब्याटिङ्गमा कालिकाले ११.४ ओभरमा ३७ माअल आउट भयो ।पहिलो खेलमा म्यान अफ द म्याच मणिमुकुन्दका निलेश थापा बनेका छन् ।

देस्रो खेल तिलोत्तमा ए र सिसिटी कलेज बिच भएको खेलमा तिलोत्तमा ए बिजयी बनेको छ । पहिले ब्याटिङ्ग गरेको सिसिटिले ९ ओभरमा ३६ रनमा समेटिएको थियो । जवाफि ब्याटिङ्गमा तिलोत्तमाले ५ विकेटको क्षतिमा ३७ रन ल्याएर बिजयी बनेको हो । दोस्रोखेलमा सुनिल गाहा मगरले म्यान अफ द म्याच घोषित भएका हुन् ।