२०७५ साउन ५, शनिबार

विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि १८ सदस्यीय नेपाली टोली घोषणा

November 27, 2017
82 Views
Spread the love

मंसिर ११, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्य टोलीको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

 

छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन् ।

उक्त टोली यही मंसिर १३ गते युएई जाने नेपाली टोलीका व्यवस्थापक एंव टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ ।

Facebook Comments

You may be interested

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४
खेलकुद
0 shares77 views
खेलकुद
0 shares77 views

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४

himal post - २०७५, ५ श्रावण १९:३०

यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्। लण्डनको स्थानिय हैम्पसायर…

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित
राजनीति
0 shares26 views
राजनीति
0 shares26 views

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित

himal post - २०७५, ५ श्रावण १९:१५

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’…

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन
समाचार
0 shares32 views
समाचार
0 shares32 views

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन

himal post - २०७५, ५ श्रावण १९:११

काठमाडौं । नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल…