नेपाली काँग्रेसद्बारा कैलालीमा बृृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना   - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

नेपाली काँग्रेसद्बारा कैलालीमा बृृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना  



धनगढी,कैलाली । नेपाली काँग्रेस कैलालीले धनगढीमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

माघ ५–६ गते धनगढीको ओम प्यालेसमा जिल्ला भरका जनप्रतिनिधि एवं संगठनका ईकाइहरुका प्रतिनिधीहरुलाई समसामयिक राजनिती, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भुमिका लगाएत बिविध बिषयमा प्रशिक्षण दिने नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले जानकारी दिनु भयो ।

वृहत प्रशिक्षण कार्यक्रमा पार्टीका केन्द्रीय प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।

स्थानीय तह योजना निर्माण, बजेट संचालन र सचेतनाका बिषयमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. प्रभु बुढाथोकी, समसामयिक राजनिती, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भुमिकाका बिषयमा काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा, स्थानीय तहको ऐन, कानुन, पार्टी विधान, जनप्रतिनिधि तथा संगठन बिचको अन्तर सम्बन्धका बिषयमा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखक र स्थानीय तह, प्रदेश र संघीय संसदमा महिला सहभागीता र सुशासनका बिषयमा केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रशिक्षण दिने सभापति शाहले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसकै ईतिहासमा जिल्ला स्तरको सबैभन्दा विशाल प्रशिक्षण कार्यक्रम भएको दाबी गर्दै आएको पार्टीले पार्टी सुबेच्छुक सबैलाई सकृय सहभागिता जनाउन समेत आह्वान गरेको छ ।