कांग्रेस नेतालाई त्रास- गठबन्धन भत्किए नयाँ दलले सिध्याउँछन् - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कांग्रेस नेतालाई त्रास- गठबन्धन भत्किए नयाँ दलले सिध्याउँछन्



काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन भत्किए नयाँ दलले सिध्याउने बताएका छन् । उनले आगामी पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्ने बताएका छन् ।

कार्कीले देशमा राजनीतिक उतारचढाव र सरकार फेरबदलका विभिन्न हल्ला चल्ने गरेको भन्दै यदि त्यस्तो भए कांग्रेसलाई ठूलो क्षति पुग्ने बताए ।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता कार्कीले कांग्रेसले वर्तमान गठबन्धनको निरन्तरताकै पक्षमा उभिनुपर्ने बताए ।

‘यो गठबन्धन निरन्तर पाँच वर्षसम्म चल्नुपर्दछ । यदि त्यसो भएन भने मुलुकमा झन् ठूलो राजनीतिक अस्थिरता र अन्योलता आउन सक्छ । त्यसबाट हामीलाई कुनै फाइदा हुनेवाला छैन,’ कार्कीले अघि भने, ‘बरु त्यसले अहिले चुनौतीका रूपमा देखा परेका नयाँ दललाई नै बल पुग्न सक्छ ।’