यी हुन् कांग्रेसबाट छानिएका समानुपातिक सांसदहरू - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

यी हुन् कांग्रेसबाट छानिएका समानुपातिक सांसदहरू



काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको मतगणना सम्पन्न हुँदा सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका छन् ।

नेकपा एमाले पहिलो दल हुँदै ३४ सिट प्राप्त गर्दा समानुपातिकमा दोस्रो हैसियतसहित समग्रमा पहिलो पार्टी बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसमा एकमात्र महिला उमेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चारजना मात्र पुरुषले अवसर पाउने भएका छन् ।

संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसका समानुपातिकतर्फका धेरै जना पुरुषहरु भने समानुपातिकतर्फको सूचीमै सीमित हुन लागेका छन् ।

समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चारजना पुरुष पर्ने सम्भावना छ ।

यी हुन् कांग्रेसका तर्फबाट सांसद बन्ने २८ महिला

आदिवासी जनजातितर्फ :
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
३. सुशीला थिङ
४, सपना राजभण्डारी
५. माया राई
६. कुसुम थापामगर
७. मनोरमा सेरचन
८. अञ्जनी श्रेष्ठ

खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तका सेजुवाल
९. मैना रावल कार्की

मधेसी तर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण– विमलेन्द्र निधि

दलित तर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
५. विष्णुमाया परियार– जीवन परियार

थारु तर्फ
१ कल्पना चौधरी
२. विना कुमारी थनेत– योगेन्द्र चौधरी

मुस्लिम तर्फबाट
१ जावेदा खातुन्–फर्मुल्लाह मन्सुर

तीनजना पुरुष विकल्पसहित

१. गोपालमान श्रेष्ठ–अञ्जली श्रेष्ठ

२. विमलेन्द्र निधि–निनुकुमारी कर्ण

३. प्रकाशशरण महत– उमा दाहाल

४. जीवन परियार– विष्णुमाया परियार