बन्यो काङ्ग्रेस समाजवादी मोर्चा: देउवा निवासमै उपेन्द्र र बाबुरामले यस्तो बनाए खाका - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बन्यो काङ्ग्रेस समाजवादी मोर्चा: देउवा निवासमै उपेन्द्र र बाबुरामले यस्तो बनाए खाका



काठमाडौं- विभिन्न असन्तुष्टि राख्दै सरकारबाट बाहिरिएको समाजवादी पार्टीले सरकारविरुद्ध मोर्चा बनाएर लड्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

बिहीबार साँझको समयमा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ देउवालाई भेट्न पुगेको स्रोतले बताएको छ ।

शेरबहादुर देउवासँग भेट गरी उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा बढेको भ्रष्टाचार, अनियमितताका विषयमा एक भएर सडक र सदनमा एक बेर प्रस्तुत हौँ भन्दै प्रस्ताव गरेका थिए ।

देउवा निवास बुढानिलकण्ठमै पुगेका उनीहरूले करिव तीन घण्टा छफल गरेको स्रोतले दाबी गरेको छ ।

सरकार छाडेलगत्तै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली ओली बिरुद्ध आन्दोलन चर्काउने घोषणा गरेको समाजवादी पार्टीले गृहकार्य सुरू गरेको स्रोतले बताएको छ । संविधान संशोधनका लागि विज्ञ समूह बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीसँग समाजवादी नेतृत्व क्रुद्ध बनेको छ ।

सरकारले गरेका गलत कामको बारेमा लाम समय छलफल गरेर उनीहरूले सडक र सदनमा चर्काउने बिषयको खाका तयार गरेको पनि स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो ‘देउवा निवासमै सरकारबिरुद्ध एक भएर लड्ने र सडक सदन तताउने खाका तयार भएको छ ।’

संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकामा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते राजीनामा दिएका थिए।

सरकार छाडेको भोलिपल्टै समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सरकारबाट बहिर्गमन गरेलगत्तै समाजवादीले सरकारविरुद्ध मिलेर जान कांग्रेसको साथ खोजेका हुन्।

देउवा समक्ष समाजवादीका तर्फबाट यादव र भट्टराईले एकीकृत कार्यक्रम लिएर सदन र सडकमा मोर्चा बनाउन प्रस्ताव गरेको बताइएको छ ।