कांग्रेस रुपन्देही आन्दोलनमा उत्रियो,भोली रुपन्देहीमा चक्काजाम - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

कांग्रेस रुपन्देही आन्दोलनमा उत्रियो,भोली रुपन्देहीमा चक्काजाम



बुटवल ।प्रदेश न ५ को राजधानी दाङ बन्ने हल्ला चलेपछि रुपन्देही कांग्रेस आन्दोलनमा उत्रिएको छ । कांग्रेसले आन्दोलनको पहिलो चरण अन्तर्गत बिहिबार रुपन्देहीका ३ स्थानमा १ घण्टा चक्काजाम गर्ने भएको हो ।

कांग्रेस रुपन्देही क्षेत्र न २ ले बुटवलमा पत्रकार सम्मेदन गर्दै प्रदेश राजधानी बुटवल नै हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेको हो ।बिहिबार बुटवलको अस्पताललाईन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काजाम गरिने क्षेत्रिय हरि सभापती लम्सालले बताए ।

सरकारले केहि दिनमा अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका वेला कांग्रेसले पत्रकार सम्मेलन नै गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । भौतिक पुर्वाधारदेखि पायक पर्ने हिसावले राजधानी बुटवल बनाउनुको विकल्प नभएको नेपाली कांग्रेसका क्षेत्रिय सभापती लम्सालको भनाइ छ । चम्काजाम देखि सबै प्रकारका सडक संघर्ष गरिने उनले बताए । ‘हामी राजधानी रुपन्देही भन्दा बाहिर जानै दिदैनौ सबै हिसाबले राजधानी यहि उत्तम छ ।’उनले भने ।

नेपाली काग्रेस महासमिती सदस्य तथा रुपन्देही क्षेत्रन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार युवराज गिरिले जनताको माग बुटवल नै राजधानी बन्नुपर्छ भन्ने भएकोले त्यसका लागि नेपाली कांग्रेस निरन्तर लागिरहने बताए । ‘हाम्रो एजेण्डा नै बुटवल राजधानी हो बुटवलको कुनै बिकल्प नै हुन सक्दैन ’गिरिले भने ।

नगर सभापती खेलराज पाण्डेले‘बुटवलमा प्रदेश राजधानी नभएसम्म नेपाली कांग्रेस अव संघर्षको मैदानबाट नफिर्कने बताए । ‘जनताको हित बिपरित अन्यत्रै राजधानी लगिए हामीलाइ सैह्य हुदैन ’उनको चेतावनी छ ।

सरकारले तत्कालाका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेश सभाको वहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाइृ राजधानीका विषयमा चासो बढेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सजांल, अन्तराष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्र्त हुने भएकाले सरकारले पांच नम्वर प्रदेसको अस्थायी राजधानी तोक्दा रुपन्देही तोकिनु पर्ने पत्रकार सम्मेलनमा सहभागी कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, कांग्रेस नेता रामबहादुर कार्की,प्रदेशसभातर्फका उम्मेदबार रहेका काजिमान श्रेष्ठ,महेशमान सिंह बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल ,पुर्व अध्यक्ष महेशमान सिह लगायतले राजधानी बुटवल बनाउन जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

यसअघि बुधबार रुपन्देही कांग्रेसले एक बिज्ञप्ती नै निकालेर प्रदेश राजधानी रुपन्देही तोक्नुपर्ने बताएको थियो ।