राष्ट्रपति बनाउने कुरामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

राष्ट्रपति बनाउने कुरामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने



प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका व्यक्तिलाई राष्ट्रपति बनाउने तयारीमा रहेको भन्ने खबर सार्वजनिक भइरहेका बेला उनकै पार्टीका उपसभापति खड्काले गम्भीर चिन्ता प्रकट गरेका हुन्।

यस क्रममा खड्काले कस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा आफ्नो धारणा पनि राखेका छन्।

‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो प्रस्ट धारणा छ– राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन।’