काङ्ग्रेसद्वारा संसद अवरुद्ध - माइतीघरमा सरकारले दमन गरेको आरोप - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

काङ्ग्रेसद्वारा संसद अवरुद्ध – माइतीघरमा सरकारले दमन गरेको आरोप



काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजो माइतीघर मण्डलमा गुठी विधेयकको विरोधमा उत्रिएका नागरिकमाथि सरकारले गरेको दमनको विरोध गर्दै संसद बैठक अवरोध गरे । उनीहरूले गृहमन्त्री रामबहादुर थापाको जबाफ मागेका थिए।

गृहमन्त्रीको जबाफ नआई बैठक चल्न नसक्ने अडान काङ्ग्रेसले लिएपछि सभामुख कृष्णबहादुर महराले गृहमन्त्री बैठकमा उपस्थित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताएका थिए । तर, काङ्ग्रेसले सभामुखको आग्रह मानेन र सभाभुखले बाध्य भएर १५ मिनेटका लागि संसद बैठक स्थगन गरे।