नेता खड्काको १३ औं दिन अर्घाखाँचीमा शोक सभा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेता खड्काको १३ औं दिन अर्घाखाँचीमा शोक सभा



सन्धिखर्क । नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले एक कार्यक्रमका विच शोक सभा सम्पन्न गरेको छ । नेपाली केन्द्रीय सदस्य, पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधन भएको १३ औ दिनको पुण्य तिथिमा विपि स्मृति भवन सन्धिखर्कमा शोक सभा सम्पन्न गरेको हो ।
शोक सभामा बोल्दै जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले स्वर्गीय खड्काले गरेका कामको अनुसरण गरि अगाडि बढनु पर्ने बताएका थिए ।

खड्काको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई नै अपुरणीय क्षति पु¥याएको बताएका थिए ।
मुलुकमा भएका हरेक परिवर्तन र महत्वपूर्ण कार्यमा नेपाली जनताको सपनालाई साकार पार्दै जनप्रतिनिधिद्धारा निर्मित लोकतान्त्रिक संविधान जारी हुनु नेपाली जनता र देशका लागि खड्काले पु¥याएको योग्दानको स्मरण गरे ।

शोकसभामा जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, विष्णु भुसाल, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापती अच्युत गौतम, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई, बाबुराम पौडेल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, महिला संघका क्षेत्रीय सभापती सरिता अर्याल, दलीत संघ केन्द्रीय सदस्य रामबहादुर परियार, नेविसंघका कार्यवाहक अध्यक्ष नेत्र मरासिनी, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सुमन्त बस्याल, केरुङ्गाका सभापती इश्वरी पाण्डे, मुस्लीम संघका इन्सु मियाँ, मजदुर संघका आत्म सिंह घर्ती लगाएतले खड्काले देश र कांग्रेसलाई पु¥याएको योग्दान भुल्न नहुने बताएका पत्रकार घनश्याम पौडेलले जानकारी दिए ।