कांग्रेसकै दुई नेताबीच कुटाकुट, उपचारका लागि काठमाडौं - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

कांग्रेसकै दुई नेताबीच कुटाकुट, उपचारका लागि काठमाडौं



वीरगन्ज : नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच कुटाकुट भएको छ।

प्रत्यक्षदर्शीका अनुसार बब्लु टि स्टलमा बिहान मर्निङ वाक गरेर चिया खान पुगेका बेला नगरसभा गृहको विषयलाई लिएर भनाभन् भइ दुबै जनाले कुटाकुट गरेको बुझिएको छ ।

कुटपीटबाट दुबै जना घाइते भएका छन्। प्रदेशसभा सदस्य शर्माको नारायणी अस्पतालमा उपचार गरिएको छ।

अर्का घाइते कांग्रेस नगरसभापति कलवारलाई पनि नारायणी अस्पतालमै भर्ना गरिएको भएपनि थप उपचारका लागि उनी काठमाडौं पठाईएको बताइएको छ ।

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा गृह कांग्रेस नगरसभापति कलवारले २२ वर्षका लागि लिजमा लिएर सन्चालन गर्दै आएका छन्।