काङ्ग्रेसको निष्कर्ष: गोकर्ण विष्टलाई हटाएपछि श्रम मन्त्रालय सुस्तायो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

काङ्ग्रेसको निष्कर्ष: गोकर्ण विष्टलाई हटाएपछि श्रम मन्त्रालय सुस्तायो



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइएपश्चात श्रम मन्त्रालय सुस्ताएको निष्कर्ष निकालेको छ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायसँग भेटेको केहीबेरमै मंगलबार नेपाली कांग्रेसले बनाएको छाया सरकारकी मन्त्री डिला संग्रौलाले मन्त्रालयका कमजोरी औंल्याएको प्रतिवेदन सार्वजनिक गरेकी हुन्।

कांग्रेसकी संघीय प्रतिनिधिसभा सदस्य तथा छाया श्रममन्त्री डा. डिला संग्रौलाले मन्त्री परिवर्तनसँगै श्रम मन्त्रालय सुस्ताएको बताएकी छन्।

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले रामेश्वर राय यादव श्रममन्त्री भएपछि मन्त्रालयले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया सुस्ताएको बताएकी हुन्।

‘सर्वहारा तथा श्रमिकको नाममा शासन गर्ने तर क्रोनी क्यापिटालिज्मलाई अंगालो मार्ने यो सरकारले हरेक क्षेत्रमा भ्रस्टाचारलाई बढावा दिइ रहेको छु’, संग्रौलाले आफ्नो विज्ञप्तिमा भनेकी छन्,’हरेक दिन जसो सडक दुर्घटनामा सर्वसाधारण, निर्दोष जनताको ज्यान गइरहेको छ, तर सरकार कानमा तेल राखेर सुतेको छ।’

युएई, मलेसिया, जापान र मरिससलगायत श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, समझदारी र सहमति गरे पनि ती प्रतिवद्धता कार्यान्वयनमा ल्याउन सरकारले चासो नदिएको उनको आरोप उनले लगाएकी छन् ।

विज्ञप्ति :